करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो ।