नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन् । रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।रामायण सर्किट अन्तर्गत १८ दिनको यात्रा हुने छ । यस क्रममा रामायणसँग सम्बन्धित जनकपुरधाम पनि यात्राको अङ्ग बनेको हो । रामको ज