जनकपुरधाम। रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज बिहीबार जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो।
धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलो पटक आएको हो।