प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि रामायण सर्किटका साथै विकासका मुद्दाहरू समेत जोड्नु पर्ने आवश्यकता रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा भएको रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा आयोजना गरिएको कार्यक्रममा मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन दुई स्थानलाई सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवर्द्धनमा विश