धनुषा – रामायण सर्किट जोड्ने पहिलो 'भारत गौरव पर्यटक रेल' आज बिहीवार जनकपुरधाम आइपुगेको छ । गएकाे मङ्गलवार बेलुकी ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो ।
धार्मिक, सांस्कृतिक प्रवर्द्धनका लागि झन्डै पाँच सय यात्रुसहित रेल जनकपुरमा पहिलो पटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न सङ्घ–संस्थाका प्रति...