४ वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरु

३० कात्तिक, काठमाडौं । ललितकला कला क्याम्पसमा अध्ययनरत ४ वर्षे बीएफए (ब्याचलर अफ फाइन आर्टस्) पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू गरेको छ । चैतमा हुनुपर्ने परीक्षा अहिलेसम्म नभएको र भर्ना नखोली दोस्रो वर्षको अध्यापन थालेपछि विद्यार्थीहरु अलमलमा परेका छन् । विद्यार्थी विख्यातप्रसाद हयजु भन्छन् ‘चैतमा परीक्षा फाराम भरायो तर परीक्षा अझै भएको […]

सम्बन्धित सामग्री

उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । पर्सि १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपचुनाव हुँदैछ ।

चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन […]

त्रिविका परीक्षा रोकिँदैनन् : नियन्त्रक जोशी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ।कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेख

त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।

भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो । त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ ।

कोरोनाका कारण दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् । भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् । आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन […]

त्रिविका स्थगित परीक्षा साउनदेखि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ । कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा […]

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न टीयूको नोटिस

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। ‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन…