काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ।कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेख