घोराही : दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन्। वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ।“फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने। फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि जानु नपरेको उनको भनाइ छ।बरु यही व्यवसायलाई विस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए। रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोक