तरकारी खेतीबाट मनग्ये आम्दानी

काठमाडौँ,३० असार । बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् । बर्दिया बाँसगढी नगरपालिका–६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएकी छिन् । उनी तरकारी खेतीको नमूना कृषक बनेकि छिन् । कृषि र […]

सम्बन्धित सामग्री

सुन्दरहरैंचा नगरपालिकाका कृषकलाई कृषि सामग्री हस्तान्तरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रू. १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए । उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रू. ५ लाख ४० हजार तथा किसानको रू. ५ लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैंचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए । तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमीनमा तरकारी खेती गरिरहेका छन् । -रासस

तरकारी खेतीबाट मनग्ये आम्दानी

कृषि र पशुपालन व्यवसायको उद्देश्य राखी सञ्चालित ‘नमूना कृषक समूह’ अहिले द्वन्द्वपीडित तथा एकल महिलाका लागि स्वरोजगारको ‘साथी’ बनेको छ ।

जग्गा भाडामा लिएरै तरकारी खेती

जाँगारिला र मिहिनेती व्यक्तिलाई कमाइ गर्न आफ्नै जग्गा नचाहिँदो रहेछ । अरूको जग्गा भाडामा लिएर पनि मनग्ये आम्दानी गरेका छन्, हेटौंडा–१२ कल्याणटारका रामप्रसाद पौडेलले ।

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न हुनुहुन्छ । तीन वर्षदेखि उहाँले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल हुनुभएको छ । बारीमा उत्पादित तरकारी बेचेर उहाँले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आउनुभएको छ । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० […]

६ वर्षको विदेश बसाइपछि गाउँमै गाईपालन, मनग्ये आम्दानी

धनकुटा : एक दशक अघिसम्म खाडी मुलुक जान तँछाड मछाड गर्ने युवाहरू अहिले विदेशको नामै लिन चाहँदैनन्। विदेश गएर श्रम बेच्दा पनि प्रगति नभएपछि आफ्नो श्रम र लगानी गाउँमै लगाउने ध्येयका साथ उनीहरू अहिले कृषिकर्ममा लागेका छन्। वैदेशिक रोजगारीबाट फर्केकाहरू अहिले विशेषगरी तरकारी खेती र गाईफार्मबाट मनग्ये आम्दानी गर्न थालेका छन्। ...

तरकारीबाट मनग्ये आम्दानी

वैदेशिक रोजगारीमा ३ वर्ष बिताएर फर्केका राजकिशोर चौधरी हाल घरमै बसेर मनग्ये कमाइ गरिरहेका छन् । उनलाई अब विदेश जाने रहर छैन र बाध्यता पनि हटेको छ । पूर्व–पश्चिम राजमार्गको लालबन्दी बजारबाट तरकारी किनेर सीमा क्षेत्रको बजारमा बेच्ने व्यवसाय उनलाई फापेको छ ।

खोरिया फाँडेर तरकारी

फालेलुङका किसानहरू खोरिया फाँडेर तरकारी खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन् । खोरियाको व्यावसायिक खेतीबाट उत्पादित आलु, फलफूल तथा कोसेबाली सीमा नजिकै भारतीय बजारमा महँगोमा बिक्री हुदाँ आम्दानी बढेको हो ।

विदेशबाट फर्केर तरकारीमा

मकवानपुरको उत्तरी क्षेत्रका युवाहरू नयाँ तरिकाले तरकारी खेती गर्न थालेका छन् । परम्परागत किसिमले तरकारी खेती गर्दै आएका थाहा नपाका युवाहरूले प्लास्टिकको टनेल बनाएर गोलभेडा खेती गरेर मनग्ये आम्दानी गर्न सफल भएका छन् ।