कुखुरा र केराबाट मनग्ये आम्दानी

गलेश्वर, १० कात्तिक । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौँमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडाँै छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको […]

सम्बन्धित सामग्री

सामूहिक कृषि–कर्ममा रमाउंँदै चितवनका थारू महिला

चितवन । जिल्लाको माडी नगरपालिका–१, गर्दीको कृषक समूहमा आवद्ध थारू महिला कृषि–कर्ममा सक्रिय हुन थालेका छन् । केही वर्षअघिसम्म घरको चुलो चौकामा व्यस्त हुने उनीहरू अहिले फरक काममा रमाउन थालेका हुन् ।  गर्दीमा बसोवास गर्नेमध्ये ५५ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्न व्यावसायिक कृषि कर्ममा जुटेका छन् । सामूहिकरूपमा हाँस, लोकल कुखुरा, माछापालनसँगै च्याउ र केरा खेती गरेर उनीहरू राम्रो आम्दानी लिन सफल भएका छन् । र, व्यावसायिक काममा पनि पुरूषभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।  महिलाहरूले कृषि–कर्मका लागि थारू महिला कृषक समूहसमेत खोलेका छन् । त्यही समूहबाट मल तथा बीउबिजन ल्याउने, शीप सिक्ने र विक्री वितरण गर्ने गरेको समूहकी अध्यक्ष हीरामणि गुरौले बताइन् । ‘पहिला समूहमा ९४ जनासम्म सहभागी थियौं । अहिले कति साथीहरू अन्य व्यवसाय र घरको काम भनेर निस्कनुभयो,’ उनले भनिन्, ‘अहिले समूहमा ५५ जना छौं । तर, जति छौं उतिचाहिंँ सक्रिय छौं ।’  उक्त समूहको फार्ममा ५०० हाँसका चल्ला छन् । एक हजार चल्ला हाल्ने तयारी भए पनि अत्यधिक जाडोका कारण ५०० मात्रै हालिएको र जाडो कम भएपछि थपिने योजना रहेको उनी बताउँछिन् ।  यससँगै उनीहरूले च्याउ खेती पनि थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले च्याउ खेती थालेको उनले बताइन् । शुरूमा काम गर्न नजान्दा समस्या भए पनि प्राविधिकहरू ल्याएर काम सिकेपछि अहिले सहज भएको उनको भनाइ छ ।  थारू समुदायको बाहुल्यता रहेको यस गाउँका हाँस, कुखुरा तथा माछा किन्नका लागि ग्राहकहरू फार्ममै आउने गरेका छन् । अर्गानिक उत्पादन भएकोले अहिले मागअनुसार हाँस पु¥याउन नसकिएको समूहकी अध्यक्ष गुरौको भनाइ छ ।  उक्त समूहले हाँसदेखि माछा पाल्ने संरचना बनाउन साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । अध्यक्ष गुरौका अनुसार संरचना बनाउनका लागि माडी नगरपालिकाबाट र स्थानीय जनसहभागिताबाट गरी ८ लाख ५४ हजार ३४८ रुपैयाँको लागतमा हाँस, कुखुरा तथा माछा पाल्ने संरचनाहरू बनाइएको छ ।  उनले संस्थाको आम्दानीबाट समूहलाई आवश्यक संरचनाहरू बनाउन खर्च गरिएको बताइन् । माडी–१ का पूर्ववडाअध्यक्ष कृष्ण पौडेलको उत्प्रेरणा र समन्वयका कारण आफूहरू संगठित भएर कृषि–कर्ममा जोडिएको समूहकी अध्यक्ष गुरौले बताइन् । सामूहिकरूपमा काम गरेमा काम गर्न सहज हुनुका साथै थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘पहिला यहांँका महिला घरमै बस्थे, घाँस–दाउराका लागि जंगल जान्थे, माछा मार्न खोला जान्थे । अहिले उनीहरूको दैनिकी फेरिएको छ,’ गुरौले भनिन् । आगामी दिन यस कर्मलाई थप व्यवसायिक र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

स्नातकोत्तरपछि कृषिमा रमाए, हिसाबै छैन कति कमाए!

कञ्चनपुर : कृष्णपुर नगरपालिका ४ मौवाफाँटाका ३४ वर्षिय हरेन्द्र बोहरा कृषि कार्य गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत छन्।व्यावसायिक केरा खेती,  कुखुरा, बंगुर र बाख्रापलनमा बोहरा संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाई उनले अगाडि बढाउँदै आएका छन्।बैंकबाट एक करोड ऋणव्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको फोर फक्स क्याटल एण्ड ह्याचरीमा रु एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट रु एक करोड रकम

केराखेतीबाट मनग्य कमाउँदै कञ्चनपुरका किसान

यसबाट वार्षिक रुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ ।

नेपाल एग्रिटेक एक्स्पो तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एन्ड इभेन्टस्ले विगत वर्षझैं यो वर्ष चितवनको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागेको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो फागुन १३, १४ र १५ गतेसम्म एक्स्पो आयोजना गरिन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा कुखुरा, माछा, बाख्रा, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारे तालिम एवं गोष्ठी सञ्चालन हुनेछ । प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिलगायत कृषकले आधुनिक प्रविधि अनुशरण र जिज्ञासा मेटाउने अवसर मिल्नेछ । निःशुल्क प्रवेश व्यवस्था गरिने प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने स–साना औजार, मेसिनदेखि डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणको प्रदर्शनी गरिने आयोजकले बताएका छन् । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्नेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै नेपाल फुड एन्ड बेभरेज एक्स्पो पनि सञ्चालन गरिनेछ । प्रदर्शनीमा फुड एन्ड बेभेरेज एक्स्पोअन्तर्गत होटल तथा रेस्टुराँ, होस्टल, क्याफे, क्याटेरिङलगायत व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरण समावेश रहनेछन् । प्रदर्शनीले पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आयआर्जनमा सहयोगी भई कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकको छ । प्रदर्शनी उद्घाटन बागमती प्रदेश कृषिमन्त्री वसुन्धरा हुमागाईले गर्ने कार्यक्रम छ । प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघलगायत विभिन्न संघ–संस्थाको सहयोग रहनेछ ।

एकीकृत कृषि फार्ममा रमाउँदै पौरखी युवा

२१ असोज, गोरखा । दश वटा पोखरीमा ग्रासकार्प, रहु, नैनी र माउर जातका माछा पालिएको छ । पोखरीको डिलमा केरा खेती । तीनवटा खोरमा ब्रोइलर कुखुरा । नजिकै बंगुर र सुँगुर पालन। जिल्लाको शहीद लखन गाउँपालिका–३ कल्लेरीफाँटमा यसरी एकै ठाउँमा धेरै कृषि व्यवसाय सञ्चालन गरिएको छ । केही वर्ष अघिसम्म बाँझै रहेको यो फाँट वनमासा […]

खाडी मुलकबाट फर्केका सात युवा कृषिमा, महिनैपिच्छे बाँड्छन् जनही एक लाख

उनीहरूको फार्ममा पाँच वटा पोखरी छ, जहाँ २० हजार माछाका भुरा छन् । फार्ममा ४० वटा जमुनापारी बाख्रा, ५ सय लोकल कुखुरा पालिएका छन् । फार्मभित्रैकाे जग्गामा धान, मकै, गहुँ, मेवा, केरा र तरकारी खेती गरिएकाे छ