लगानी शून्य, आम्दानी मनग्ये

आम्दानीको लागि लगानी गर्नु स्वभाविक नै हो । लगानी अनुसार आम्दानी पनि हुन्छ । थोरै लगानीले थोरै आम्दानी हुन्छ । धेरै लगानीले धेरै आम्दानी हुन्छ । लगानी बिना आम्दानी भन्दा अचम्म लाग्ने गर्दछ । तर, गुल्मीमा शुन्य लगानीले मनग्य आम्दानी गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खबाङ्गका कृषकहरुले लगानी नै नगरी थुप्रै […]

सम्बन्धित सामग्री

शेयर बजारमा नवप्रवेशीले ध्यान दिऊँ यी ५ कुरा, नत्र डुब्ला लगानी !

काठमाडौं । पछिल्लो समय शेयर बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार मंगलवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ६० लाख ७२ हजारभन्दा बढी पुगेको छ । प्रिमियमको आईपीओमा १५ लाखभन्दा बढी आवेदन पर्ने गरेको उदाहरणबाट पनि पछिल्लो समय शेयर बजारमा बढेको क्रेजलाई पुष्टि गर्छ । यही बीचमा बजारले फेरि नयाँ रेकर्ड कायम गर्ने हल्लाले नयाँ लगानीकर्ता पनि बजार प्रवेश गरिरहेका छन् । मंगलवार नेप्से परिसूचक २ हजार ८० दशमलव १२ विन्दुमा छ ।  यसो त धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षभन्दा बढी समय घट्दो ट्रेण्डमा रहेको बजार पुनः बढ्न थालेको छ । यद्यपि, पछिल्लो समय ब्याजदर घटेको छ भने नीति नियम पनि खुकुलो हुँदै गएका छन् । त्यस्तै बीमा प्राधिकरणले बीमा कम्पनीमा लगानी नीति खुकुलो बनाएको छ । शेयर बजारमा पनि चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न बाटो खोलिदिएको छ । यसकारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् ।  बजारमा दिनहुँजसो नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्दो छ भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो पनि बढ्न थालेको छ । यस क्षेत्रमा धेरैजसो मानिस त बुझेर नै लागेका हुन्छन् भने कतिपय भने अरूले भनेकै भरमा लाखौं रुपैयाँ लगानी गरिरहेका हुन्छन् । यसरी गरिएको लगानीबाट केही समय राम्रो प्रतिफल आए पनि दीर्घकालमा जोखिम देखिने गरेका उदाहरण छन् ।  कतिपय नयाँ लगानीकर्तालाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्ने लगायतबारे थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारलाई हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ । यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । नवप्रवेशी लगानीकर्ताले यी पाँच कुरामा ध्यान दिनु जरुरी छ ।  १ .  हल्लाको पछाडि नलाग्ने  लगानीकर्ताले हल्लाको भरमा लगानी गर्नु हुँदैन । हल्लाको भरमा गरिएको लगानीमा जोखिम धेरै हुने गर्दछ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले त्यो क्षेत्रबारे अध्ययन गर्नु जरुरी हुन्छ । लगानी गर्न लागेको कम्पनीको आधारभूत र प्राविधिक पक्षलगायतको राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । यसरी अध्ययन गरेर गरिएको लगानीमा जोखिम कम हुन्छ । २. अध्ययनशील हुने  लगानी गर्नुपूर्व जहिले पनि शेयर बजारको पछिल्लो अवस्था, आफूले लगानी गर्ने कम्पनीको अवस्थालगायतबारे अध्ययन गर्नुपर्छ । बजार सधैं एकनाश हुँदैन । कहिले बजार बढ्छ भने कहिले घट्छ । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरूमा सधैं चनाखो बन्नुपर्छ । लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, कम्पनीमा संलग्न व्यक्तिलगायतबारे राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ ।  ३.  जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिने  कतिपय व्यक्ति शेयर बजारमा लगानी गर्नेबित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा परेका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो जोखिम वहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैं बढिरहन्छ भन्ने पनि छैन । कहिलेकाहीँ शेयर बजारमा ठूलै करेक्सन आउन पनि सक्छ । त्यसले गर्दा पनि आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई मूल्यांकन गरेर मात्र लगानी गर्नु उपयुक्त मानिने जानकारहरू बताउँछन् ।  ४.  कम्पनीका वित्तीय विवरणहरू अध्ययन गर्ने  लगानीकर्ताले जहिले पनि आफूले लगानी गर्न लागेको कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गर्नु जरुरी हुने गर्दछ । वित्तीय विवरणमा उल्लेखित कम्पनीका महत्त्वपूर्ण पक्ष नाफा, पीई रेशियो र मूल्य आम्दानीलगायत शब्दावलीहरूलाई बुझ्नु जरुरी छ । लगानीकर्ताले जहिले पनि पीई रेसियो कम भएको र प्रतिशेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ । त्यसैगरी कम्पनीको खुद नाफा, वितरणयोग्य आम्दानी, लाभांश वितरण गर्न सक्ने अवस्थाबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । ५.  खरीदविक्री गर्ने समय पहिचान  कतिपय लगानीकर्ता बजार घट्नेबित्तिकै आत्तिएर बेचिहाल्ने प्रवृत्तिका हुन्छन् । यसो गर्दा धेरै घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । सधैं घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि बजारले पुनः गति लिन्छ । त्यसैले बजार घट्नेबित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ता अझै नाफा कमाउने लोभमा बजार मूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन्, यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । आफूले किनेको शेयर नाफामा गएपछि प्रोफिट बुक गर्ने हो भने गरिहाल्नुपर्छ । दीर्घकालीन लगानी गरेको हो भने त्यसै अनुसार रणनीति बनाएर बजारमा सक्रिय हुनुपर्छ ।

गाईपालनबाट मनग्ये आम्दानी

पर्वत, २७ वैशाख । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन […]

विदेशबाट फर्केर पशुपक्षी फार्म

काठमाडौँ,२७ साउन । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेको हो । चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, […]

अटोबाटै मनग्ये आम्दानी

दिनभरि अटो चलाउँछिन् पुनः साँझ घरको घरधन्दामा व्यस्त हुन्छिन्। पैसा नभएर व्यवसाय गर्न सकिन्, सानो काम गर्न लाज लाग्छलगायतका बहाना गर्नेहरुका अगाडि उनी यस्तो पात्र बनेकी छिन्, ‘काम सानो ठूलो हुँदैन, लगानी नहुँदा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ।...

कृषक आसरे बडायकको नयाँ अभ्यास : उखुमा लगानी, आलुबाट मनग्ये आम्दानी

एउटा नेपाली उखान छ – एक पन्थ दुई काज अर्थात् एक प्रयत्नबाट दुईटा लाभ ।  हो, त्यही भावसँग मेल खान्छ कञ्चनपुरका एक अगुवा कृषकको कृषि कर्म । उनी एउटा बालीमा गर्छन् लगानी, अर्को बालीबाट शून्य लगानीमा लिन्छन् मनग्यै आम्दानी ।  उनी हुन् कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३७ वर्षीय आसरे राम बडायक । उनी ६ विघा जमिनमा धान, गहुँसहित व्यावसायिक उखु र आलु खेती गर्छन् ।  उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फल...

ग्रिन कार्ड त्यागेर गाईगोठमा मस्त शशी, वार्षिक १६ करोड आम्दानी

रुपन्देही । नेपालमा धेरै कमाएकाहरु अमेरिकन र युरोपियन देश गएर उतै बस्न रुचाउँछन् । तर विश्वका धेरै देश चहारेर अनुभव संगालेका रुपन्देहीका एक किसान बेलायतको ग्रिन कार्ड छोडेर नेपालकै गाइपालनमा मस्त छन् । रुपन्देहीका शशी पौडेलले कृषि क्षेत्रमा लगानी गरेर नेपालमै मनग्ये कमाउन सकिने उदाहरण पेश गरेका छन् । पशुपालनबाटै दुई अर्बका मालिक बनेका पौडेलको […]

पर्वतको महाशिलामा व्यावसायिक चियाखेती शुरु

भदौ ५, पर्वत । पहाडी जिल्लाहरुमा चियाखेतीको संभावना भएर पनि यसको व्यावसायिक खेती विस्तारमा चासो गएको देखिन्न । तर पर्वतमा भने परिक्षण सफल भएपछि यहाँको महाशिला गाउँपालिकाले खेती विस्तार गर्न थालेको छ । गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । बाँझो रहेको खेत र जंगलको छेउछाउमा चियाका विरुवा रोप्ने काम धमाधम भइरहेको छ । स्थानीय अन्य परम्परागत वाली भन्दा चियाको उत्पादन राम्रो हुने भन्दै खुशी भएका छन् । महाशिला ६ फलामखानीमा ६० रोपनी जग्गामा लगाईएको चिया बगानबाट यसवर्ष तयारी चिया उत्पादन भएको छ । फलामखानीमा चिया सफल भएपछि यो वर्ष खेतीपाती नगरिएको खाली जमिन र बाँदरले हैरान पार्ने स्थानमा चिया खेती गर्ने कार्यक्रम रहेको महाशिला गाउँपालिकाको आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । ‘गतवर्ष ५० हजार विरुवा रोपियो,’ भुसालले भने,‘ यो वर्ष थप क्षेत्र विस्तार गरेर ५० हजार विरुवा रोप्ने तयारी छ । उनले भने, ‘हाम्रोमा बाँझो रहेको भूगोल धेरै छ । बाँदरले वाली खाएर हैरान हुने क्षेत्र पनि धेरै छ । त्यस्ता क्षेत्रमा चियाखेती गर्ने कार्यक्रम छ ।  २६ वर्ष अगाडीसम्म फलाम उत्खनन गरेर जिविका चलाएका स्थानीय फलामखानी बन्द भएपछि आयस्रोत बाट बञ्चित भए । तत्कालिन जिविसले फलामखानीबाट बिस्थापित दलित समूदायलाई चियाखेतीमा लगाउने योजना बनायो । तर यो योजना सफल हुन सकेन । स्थानीय तहमा जनप्रतिनिधी आएपछि अहिले यो योजना सफल भएको महाशिला ६ फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताए । फलामखानीबाट विस्थापित भएका दलित समूदाय चियाखेतीमा आकर्षित भएका छन् । अध्यक्ष सुनारले खेती विस्तारमा दलित समूदायको प्रत्यक्ष सहभागिता छ । ‘यहाँको फलामखानीमा ७० परिवार आश्रित थिए,’ सुनारले भने,‘ खानी बन्द भएपछि आम्दानी गुमेका परिवार अहिले चियाखेतीमा संलग्न छन् ।’ शुरुकै आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले चियाखेती प्रवर्द्धन कार्यक्रम समावेश गरेको थियो । गाउँपालिकाको योजना अनुसार फलामखानीको जंगलमा ६० रोपनी जमिनमा चियाको बगान बनाइयो । बगानमा चियाको वयष्क बोटसँगै विरुवा पनि हुर्काउन थालियो । अहिले आएर यहाँ तयारी चिया उत्पादन हुने गरेको छ भने बगैचामा चियाका विरुवा पनि उत्पादन भइरहेका छन् । किसानलाई चियाखेतीमा प्रेरित गर्न गाउँपालिकाले अनुदान समेत दिने गरेको छ । उनीहरुलाई वागवानी विकास र प्रशोधन सम्बन्धि तालिम पनि निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियान समेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यही उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भने,’ चियाखेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाईयो ।  १ हजार ८०० मिटरको उचाईमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेकोे कृषि प्राविधिकहरु बताउँछन् । तर संरक्षण, प्रवर्द्धन, प्रसोधन तथा वितरणमा प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जानकारी दिएको छ । ‘यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाईदा हुने रहेन्छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भनिन्,‘ यसलाई प्रसोधनदेखि बजारीकरण सम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र संघ सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ ।’ चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत वाली भन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाईन् ।  उनले बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा लिएर चिया लगाउने कार्यक्रम तय गर्नुपर्ने सुझाव दिईन् । गाउँमा बसाईसराईका कारण जमिन बाँझिदै गएको छ । बाँदरले हैरान पारेर कतिपयले अन्नवाली लगाउनै छोडेका छन् । बाँदरले चियामा नोक्सान नगर्ने भएकाले अन्नवाली लगाउने ठाउँमा चियाखेती गर्नुपर्ने किसानहरुले बताएका छन् ।

६ वर्षको विदेश बसाइपछि गाउँमै गाईपालन, मनग्ये आम्दानी

धनकुटा : एक दशक अघिसम्म खाडी मुलुक जान तँछाड मछाड गर्ने युवाहरू अहिले विदेशको नामै लिन चाहँदैनन्। विदेश गएर श्रम बेच्दा पनि प्रगति नभएपछि आफ्नो श्रम र लगानी गाउँमै लगाउने ध्येयका साथ उनीहरू अहिले कृषिकर्ममा लागेका छन्। वैदेशिक रोजगारीबाट फर्केकाहरू अहिले विशेषगरी तरकारी खेती र गाईफार्मबाट मनग्ये आम्दानी गर्न थालेका छन्। ...