बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

बलेवा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८-७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण […]

सम्बन्धित सामग्री

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन्।...

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरमा निर्माणाधीन चिस्सान केन्द्र (कोल्ड स्टोर) साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ सालमा ५ करोड लागतमा निर्माण शुरू भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । ‘अफसिजन’मा फलफूल र तरकारी बजारमा पठाउने गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएर एक तला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । तर न जग्गा पास भएको छ, न रकम नै दिइएको छ । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले  इस्टिमेट अनुसारको बजेट नआएकाले भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताइन् । उनका अनुसार शुरूको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरू गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेट अनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’ देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्न सके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने संकेत नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्यत्र बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकाले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । पर्वतका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग छ ।

वडा अनुसार कृषि उत्पादन

बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।     घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् । ‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए । ‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस

केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो ।       परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।      ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् । दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले १०० देखि ५०० केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केराखेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रिम कटुवालले बताए । रासस

केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो । परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।  रासस

कृषिमैत्री बन्दै बराहक्षेत्र : कृषि ल्याब निर्माणदेखि कृषकलाई अनुदानसम्म समेटियो

सुनसरी । कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषिमा स्थानीयलाई प्रोत्साहन गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम पनि कृषिमैत्री बनाएको छ । बराहक्षेत्र नगरपालिकाले विभिन्न अनुसन्धानका लागि कृषि ल्याब स्थापना गर्नुका साथै कृषकका लागि आवश्यक सामग्रीसमेत वितरण गर्दै आएको छ । स्थानीय तहमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले रोग, किरा र बालीको अध्ययन अनुसन्धानका लागि कृषि ल्याब स्थापना गरेको छ । नगरपालिका परिसरमा निर्माण गरिएको ल्याब सञ्चालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलो पटक ल्याब सञ्चालन गर्न लागेको कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए । चालू आर्थिक वर्षमा बराहक्षेत्र नगरपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको ससर्त अनुदानमा मकै प्रवद्र्धन कार्यक्रममार्फत १० हजार केजी मकैको बिउ वितरण गरेको छ । टीएक्स ३ सय ६९ जातको हाइब्रिड मकैको बिउ ४ सय ७६ हेक्टरका लागि वितरण गरिएको छ । ८० कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन प्रदान गरिएको छ । बराहक्षेत्र नगरपालिकाले धान प्रवद्र्धन कार्यक्रममार्फत चैते धान हडिनाथ–३ जातको बिउ २३ हेक्टरका लागि निःशुल्क वितरण गरी क्षेत्र विस्तार गरिएको नगर कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् । उन्नत धानको बिउ अनुदान कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे धानको विभिन्न १२ जातको बिउ १७ हजार ६ सय केजी वितरण गरिएको छ । यसैगरी धान प्रवर्द्धन कार्यक्रममार्फत २० लाख रुपैयाँ बराबरको ३ थान रिपर र १ थान कम्बाइट हार्भेस्टर वितरण गरिएको छ । कृषिमा प्रदेश साझेदारी कार्यक्रमअन्तर्गत ७० मेट्रिक टन क्षमताको मिनी कोल्ड स्टोर निर्माण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विराटनगरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत साझेदारीमा ६८ लाख रुपैयाँमा कोल्ड स्टोर निर्माण भई सञ्चालमा आएको छ । यस्तै, मन्त्रालयकै ५० प्रतिशत साझेदारीमा बांगे बजार व्यवस्थापन कृषि टहरा ६० लाखको लागतमा  निर्माण गरिएको छ । मन्त्रालयकै साझेदारीमा बराहक्षेत्र ९ ढोलबजियामा रहेको सुन्दर कृषि फार्मको २५ प्रतिशत लगानीमा ४० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकै ५० प्रतिशत अनुदानमा अभियानमुखी कृषि फार्म बराहक्षेत्र १० मा ६० लाखको लागतमा गोदाम घर निर्माण भएको छ । नगरपालिकाबाट विनियोजित बजेटमार्फत कृषकलाई ८६ थान साना सिँचाइ विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताए । नगरमा ३ थान बोरिङ र एउटा डिप ट्युबवेल निर्माण गरिएको प्राविधिक राईको भनाइ छ । उनका अनुसार नगरको कृषि शाखाले विभिन्न जातका तरकारीका बिउ १२ हजार ८ सय प्याकेट वितरण गरेको छ । हिउँदे मिनी किट ३५ सय प्याकेट वितरण गरेको छ । आकस्मिक बाली संरक्षण कार्यक्रममार्फत ५ लाख बराबरको विषादी वितरण गरिएको छ । कृषि शाखाका अनुसार नगरले आइपीएम कृषक पाठशाला सञ्चालनमा ल्याएको छ । माटो शिविर, कृषि ल्याबका सामग्री खरिद र स्थलगत तालिम ११ वटा विभिन्न वडामा सम्पन्न गरिएको छ । यसमा ३ सय जना कृषक सहभागी भएका छन् । नगरले ५० प्रतिशत अनुदानमा स्पेयर ट्यांकी वितरण गरेको छ । प्राविधिक राईका अनुसार नगरपालिकाले कृषक परिचयपत्रका लागि सप्mटवेयर खरिद गरी उत्पादन नियन्त्रण प्रणालीअन्तर्गत कृषकको विवरण दर्ता गरिएको छ । हाल सफ्टवेयरमा ८ सय ३६ जना कृषकले विवरण दर्ता गराएका छन् । यसैगरी पकेट विकास कार्यक्रमअन्तर्गत ससर्त अनुदानमा ४ वटा च्याउ पकेट क्षेत्र र एउटा तरकारी पकेट क्षेत्र सञ्चालनमा रहेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् । रासस

कृषिमैत्री बन्दै बराहक्षेत्र : कृषि ल्याब निर्माणदेखि कृषकलाई अनुदान

असार ६, सुनसरी । कृषि क्षेत्रको प्रवर्द्धन तथा कृषिमा स्थानीयलाई प्रोत्साहन गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरु पनि कृषिमैत्री बनाएको छ ।  बराहक्षेत्र नगरपालिकाले विभिन्न अनुसन्धानका लागि कृषि ल्याब स्थापना गर्नुका साथै कृषकहरु आवश्यक सामग्रीहरु समेत वितरण गर्दै आएको छ । स्थानीय तहहरुमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले रोग, कीरा र बालीको अध्ययन अनुसन्धानका लागि कृषि ल्याब स्थापना गरेको छ ।  नगरपालिका परिसरमा निर्माण गरिएको ल्याब सञ्चालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलोपटक ल्याब सञ्चालन गर्न लागेको कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।  चालू आर्थिक वर्षमा बराहक्षेत्र नगरपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको सशर्त अनुदानमा मकै प्रवर्द्धन कार्यक्रम मार्फत १० हजार केजी मकैको बिउ वितरण गरेको छ ।  टिएक्स ३६९ जातको हाइब्रिड मकैको बिउ ४७६ हेक्टरका लागि वितरण गरिएको छ । ८० कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेशिन प्रदान गरिएको छ । बराहक्षेत्र नगरपालिकाले धान प्रवर्द्धन कार्यक्रममार्फत चैते धान हडिनाथ–३ जातको बिउ २३ हेक्टरका लागि निःशुल्क वितरण गरी क्षेत्र विस्तार गरिएको नगर कृषि शाखा प्रमुख तुलसा लिम्बुले बताइन् । उन्नत धानको बिउ अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे धानको विभिन्न १२ जातको बिउ १७ हजार ६०० केजी वितरण गरिएको छ ।  यसैगरी, धान प्रवर्द्धन कार्यक्रम मार्फत २० लाख रुपैयाँ बराबरको ३ थान रिपर र १ थान कम्बाइट हार्भेस्टर वितरण गरिएको छ । कृषिमा प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत ७० मेट्रिकटन क्षमताको मिनी कोल्डस्टोर निर्माण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत साझेदारीमा ६८ लाख रुपैयाँमा कोल्ड स्टोर निर्माण भई सञ्चालमा आएको छ ।  यस्तै मन्त्रालयकै ५० प्रतिशत साझेदारीमा बांगे बजार व्यवस्थापन कृषि टहरा ६० लाखको लागतमा  निर्माण गरिएको छ । मन्त्रालयकै साझेदारीमा बराहक्षेत्र ९ ढोलबजियामा रहेको सुन्दर कृषि फार्मको २५ प्रतिशत लगानीमा ४० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।  यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै ५० प्रतिशत अनुदानमा अभियानमुखी कृषि फार्म बराहक्षेत्र १० मा ६० लाखको लागतमा गोदाम घर निर्माण भएको छ । नगरपालिकाबाट विनियोजित बजेट मार्फत कृषकहरुलाई ८६ थान साना सिँचाइ विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताएका छन् ।  नगरमा ३ थान बोरिङ र एउटा डिप ट्युबवेल निर्माण सम्पन्न गरिएको प्राविधिक राईले बताए । उनका अनुसार नगरको कृषि शाखाले विभिन्न जातका तरकारीका बिउ १२ हजार ८०० प्याकेट वितरण गरेको छ । हिउँदे मिनी किट ३ हजार ५०० प्याकेट वितरण गरेको छ ।  आकस्मिक बाली संरक्षण कार्यक्रम मार्फत् ५ लाख बराबरको विषादी वितरण गरिएको छ । कृषि शाखाका अनुसार नगरले आइपीएम कृषक पाठशाला सञ्चालनमा ल्याएको छ । माटो शिविर, कृषि ल्याबका सामग्री खरीद र स्थलगत तालिम ११ ओटा विभिन्न वडामा सम्पन्न गरिएको छ । जसमा ३०० जना कृषक सहभागी भएका छन् ।  नगरले ५० प्रतिशत अनुदानमा स्पेयर ट्यांकी वितरण गरेको छ । प्राविधिक राईका अनुसार नगरपालिकाले कृषक परिचय पत्रका लागि सफ्टवेयर खरीद गरी उत्पादन नियन्त्रण प्रणाली अन्तर्गत कृषकको विवरण दर्ता गरिएको छ ।  हाल सफ्टवेयरमा ८३६ जना कृषकले विवरण दर्ता गराएका छन् । यसैगरी पकेट विकास कार्यक्रम अन्तर्गत सर्शत अनुदानमा ४ ओटा च्याउ पकेट क्षेत्र र एउटा तरकारी पकेट क्षेत्र सञ्चालनमा रहेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।

पदमपोखरीका किसानलाई मकै गोड्ने चटाराे

हेटौंडा : यतिबेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका पदमपोखरीका किसानलाई मकै गोड्ने चटारो छ। जिल्लामै मकै उत्पादनको पकेट क्षेत्र मानिएको हेटौंडा उपमहानगरपालिका–१२ र १३ का किसान अहिले मकै गोडमेल गर्न व्यस्त बनेका हुन्।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै उत्पादनको लागि पकेट क्षेत्र मानिएको पदमपोखरीमा अहिले ब्लग विकास कार्यक्रम पनि लागु भएको छ। जुन कार्यक्रमअन्तर्गत वार्षिक एक सय टनभन्दा धेरै मकैको बीउ उत्पादन हुँदै आएको छ।पदमपोखरीमा उत्पादित मकैको बीउ चितवन, भक्तपुर, रसुवा, नु

नगरपालिकाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा, किसानलाई तालिम

६ जेठ लहान । सिरहाको लहान नगरपालिकाले खाद्यान्न, बिउ उत्पादन, तथा तरकारी खेतीको व्यवसायिक विकास गर्न बिभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरेको छ । धानको बिउ उत्पादन, ताजा तरकारी, उखु, मकै, धान तथा बेसार खेतीको ब्यवसायिक उत्पादन वृद्धिको उद्देश्यले नगरपालिकाका बिभिन्न वडाहरुलाई पकेट क्षेत्र घोषणा गरी किसानलाई तालिम दिएको मेयर मुनी …