कृषिमैत्री बन्दै बराहक्षेत्र : कृषि ल्याब निर्माणदेखि कृषकलाई अनुदान

असार ६, सुनसरी । कृषि क्षेत्रको प्रवर्द्धन तथा कृषिमा स्थानीयलाई प्रोत्साहन गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरु पनि कृषिमैत्री बनाएको छ ।  बराहक्षेत्र नगरपालिकाले विभिन्न अनुसन्धानका लागि कृषि ल्याब स्थापना गर्नुका साथै कृषकहरु आवश्यक सामग्रीहरु समेत वितरण गर्दै आएको छ । स्थानीय तहहरुमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले रोग, कीरा र बालीको अध्ययन अनुसन्धानका लागि कृषि ल्याब स्थापना गरेको छ ।  नगरपालिका परिसरमा निर्माण गरिएको ल्याब सञ्चालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलोपटक ल्याब सञ्चालन गर्न लागेको कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।  चालू आर्थिक वर्षमा बराहक्षेत्र नगरपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको सशर्त अनुदानमा मकै प्रवर्द्धन कार्यक्रम मार्फत १० हजार केजी मकैको बिउ वितरण गरेको छ ।  टिएक्स ३६९ जातको हाइब्रिड मकैको बिउ ४७६ हेक्टरका लागि वितरण गरिएको छ । ८० कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेशिन प्रदान गरिएको छ । बराहक्षेत्र नगरपालिकाले धान प्रवर्द्धन कार्यक्रममार्फत चैते धान हडिनाथ–३ जातको बिउ २३ हेक्टरका लागि निःशुल्क वितरण गरी क्षेत्र विस्तार गरिएको नगर कृषि शाखा प्रमुख तुलसा लिम्बुले बताइन् । उन्नत धानको बिउ अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे धानको विभिन्न १२ जातको बिउ १७ हजार ६०० केजी वितरण गरिएको छ ।  यसैगरी, धान प्रवर्द्धन कार्यक्रम मार्फत २० लाख रुपैयाँ बराबरको ३ थान रिपर र १ थान कम्बाइट हार्भेस्टर वितरण गरिएको छ । कृषिमा प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत ७० मेट्रिकटन क्षमताको मिनी कोल्डस्टोर निर्माण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत साझेदारीमा ६८ लाख रुपैयाँमा कोल्ड स्टोर निर्माण भई सञ्चालमा आएको छ ।  यस्तै मन्त्रालयकै ५० प्रतिशत साझेदारीमा बांगे बजार व्यवस्थापन कृषि टहरा ६० लाखको लागतमा  निर्माण गरिएको छ । मन्त्रालयकै साझेदारीमा बराहक्षेत्र ९ ढोलबजियामा रहेको सुन्दर कृषि फार्मको २५ प्रतिशत लगानीमा ४० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।  यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै ५० प्रतिशत अनुदानमा अभियानमुखी कृषि फार्म बराहक्षेत्र १० मा ६० लाखको लागतमा गोदाम घर निर्माण भएको छ । नगरपालिकाबाट विनियोजित बजेट मार्फत कृषकहरुलाई ८६ थान साना सिँचाइ विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताएका छन् ।  नगरमा ३ थान बोरिङ र एउटा डिप ट्युबवेल निर्माण सम्पन्न गरिएको प्राविधिक राईले बताए । उनका अनुसार नगरको कृषि शाखाले विभिन्न जातका तरकारीका बिउ १२ हजार ८०० प्याकेट वितरण गरेको छ । हिउँदे मिनी किट ३ हजार ५०० प्याकेट वितरण गरेको छ ।  आकस्मिक बाली संरक्षण कार्यक्रम मार्फत् ५ लाख बराबरको विषादी वितरण गरिएको छ । कृषि शाखाका अनुसार नगरले आइपीएम कृषक पाठशाला सञ्चालनमा ल्याएको छ । माटो शिविर, कृषि ल्याबका सामग्री खरीद र स्थलगत तालिम ११ ओटा विभिन्न वडामा सम्पन्न गरिएको छ । जसमा ३०० जना कृषक सहभागी भएका छन् ।  नगरले ५० प्रतिशत अनुदानमा स्पेयर ट्यांकी वितरण गरेको छ । प्राविधिक राईका अनुसार नगरपालिकाले कृषक परिचय पत्रका लागि सफ्टवेयर खरीद गरी उत्पादन नियन्त्रण प्रणाली अन्तर्गत कृषकको विवरण दर्ता गरिएको छ ।  हाल सफ्टवेयरमा ८३६ जना कृषकले विवरण दर्ता गराएका छन् । यसैगरी पकेट विकास कार्यक्रम अन्तर्गत सर्शत अनुदानमा ४ ओटा च्याउ पकेट क्षेत्र र एउटा तरकारी पकेट क्षेत्र सञ्चालनमा रहेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।  

सम्बन्धित सामग्री

थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो । दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका […]

हलगोरु पाल्नेलाई अनुदान

पोखरा : कास्कीको मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदान दिइने गापा अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।गुरुङले भने‚ ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिइनेछ।’भूमि बैंक स्थापना गरी बाँझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्ने गरिने अध्यक्ष गुरुङले बताए। यसैगरी जग्गा चक्लाबन्दी गरी उत्पादन बढाउन आवश्यक कार

उत्पादनमा आधारित कृषि अनुदान पुरानै कार्यक्रम

अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेटमा ल्याएको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम नयाँ नभएको बताइएको छ । आगामी बजेटमा ‘उत्पादन साथमा, अनुदान हातमा’ नारासहित उत्पादनका आधारमा कृषकलाई अनुदान वितरण गरिने भनिएको छ । तर, यो विशुद्ध नयाँ कार्यक्रम नभएर अनुदान वितरण गर्ने पुरानो प्रणालीलाई फेरेको मात्र हो । उत्पादनमा आधारित अनुदान भनिएपछि कतिपयले यो नयाँ कार्यक्रम […]

कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान

लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले […]

रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान

रामपुर (पाल्पा), २७ भदौ । हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझे । सो रकम पाउँदा उनलाई व्यवसायमा हौसला बढेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको […]

बाख्रा पालक कृषकलाई अनुदान

स्याङ्जा । जिल्लाको भीरकोटमा बाख्रा ब्लक कार्यक्रम अन्तर्गत ३५ लाख बराबरको अनुदान कृषकहरुलाई वितरण गरिएको छ । गण्डकी प्रदेश सरकार मार्फ़त भेटेनटी केन्द्र पशु शाखा स्याङ्जाको अनुदानमा खोर सुधार, बिउ बोका वितरण, औषधी वितरण र घॉस वितरण गरेको छ । स्थानीय शान्तिथुम कृषि तथा पशुपंक्षी फर्म मार्फ़त ६५ जना कृषकहरुलाई अनुदान वितरण गरिएको अध्यक्ष खनबहादुर […]

पशुपालक कृषकलाई अनुदान

बागलुङ । बागलुङका पशुपालक किसानले यो आर्थिक वर्षमा करीब डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको एक करोड ७ लाख ५० हजार र संघीय सरकारको ५० लाख बजेट गरी जम्मा एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीले अनुदान पाउन थालेका छन् । प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालक कृषकलाई निवेदनका लागि आह्वान गरेकोमा २६९ फार्मको आवेदन परेको थियो । तीमध्ये छनोटका विभिन्न आधार मूल्यांकन गर्दा ७० फार्मले एक लाख पाँच हजारका दरले अनुदान पाउन स्वीकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षको स्वीकृत योजनाअनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन, १७ बंगुर, १६ गाईभैंसी र १४ कुखुरा फार्मले ७३ लाख ५० हजार अनुदान पाउन धमाधम सम्झौता गरिरहेका छन् ।      यस्तै पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत तीन सहकारी तथा समूहले २४ लाख अनुदान पाएका छन् । जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले आठ लाखका दरले अनुदान पाएका हुन् । यसैगरी संघीय सरकारको ५० लाख बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बंगुर पकेट क्षेत्रका लागि २५ लाखका दरले अनुदान कार्यक्रम स्वीकृत भएको छ, जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५/२५ किसानलाई एक लाखका दरले ५० लाख अनुदान दिइनेछ । रासस

संखुवासभाका चौंरीपालक कृषकलाई अनुदान

संखुवासभा – राष्ट्रिय पशुपञ्छी ब्यवस्थापन तथा संरक्षण कार्यक्रम अन्तरगत संखुवासभाको मकालु गाउँपालिकाका ४ भोटेगाउँका २१ चौंरीपालक कृषकलाई प्रबिधियुक्त सामग्री हस्तान्तरण गरिएको छ ।चौंरी पालनमा घट्दो आकर्षणलाई बढाउँदै पर्यापर्यटन प्रवर्धन गर्न कृषकहरुलाई संघीय सरकारको तर्फबाट अनुदान उपलब्ध गराईएको पशुसेवा बिज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमाल पोख्रेलले बताए ।उच्च हिमाली क्षेत्रका चौंरीपालक कृषकलाई थप हौसला दिई ब्यवसायीक […]

१८ लाख अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी […]

मकैखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान

जेठ २२, नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करीब रू. ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ। मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत संघीय मकै प्रवर्द्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।  कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तिमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए । मकै खेती लगाए बापत नगरपालिकाको तर्फबाट रू. ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए । ३० बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जानकारी दिइएको छ ।  सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ । रासस