केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो ।       परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।      ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् । दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले १०० देखि ५०० केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केराखेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रिम कटुवालले बताए । रासस

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा

गण्डकी, १ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । […]

तरकारीलाई ताजा बनाएर राख्न कोल्ड स्टोर निर्माण हुँदै

अन्नबाली उत्पादनको उर्वर भूमि मानिएको सुनसरीमा पछिल्लो समय तरकारी उत्पादनको मुख्य पकेट क्षेत्र बन्दै आएको छ। खेतीयोग्य जमीनलाई सदुपयोग गरेर तरकारी खेती गर्नेको सङ्ख्या बढ्दो छ।...

‘एक घर एक करेसाबारी’ निर्माण गरिने

नवलपुर, २५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उनले बताए। पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी […]

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।...

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।...

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

काठमाडौँ, ८ चैत । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उनले भने । […]

पहिचानका लागि स्तम्भ ठड्याउने होड

धनकुटा, पुस ४ । । पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद […]

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

बलेवा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८-७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण […]

भैँसी पकेट क्षेत्र बनाउन अनुदान

पर्वत : पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्र निर्माण गर्नको कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।प्रत्येक वडामा कृषिसम्बन्धी एउटा न एउटा आकर्षण रहनेगरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो।सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास

केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो । परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।  रासस