नेपाल राष्ट्र बैंकको तथ्यांकले गत माघ मसान्तसम्मको बजार महँगी ५.९७ प्रतिशत रहेको देखाएको छ । शुक्रबार चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले २०७८ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको ब