बजार महँगीले सीमा नाघेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मका लागि बजार महँगीको अधिकतम् सीमा ६.५ प्रतिशत राखेको सो सीमालाई समेत क्रस गर्दै बजार महँगी ७.११ प्रतिशत पुगेको हो । बिहीबार राष्ट्र बैंकले जारी गरेको पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चरम कोभिड–१९ को बेलाको भन्दा पनि उच्च हो । आर्थिक वर्ष २०७६/७७ मा यस्तो मुद्रास्फीति अधिकतम् ७ प्रतिशत कायम भएको थियो ।अघि