अघिल्लो महिना अर्थात् गत मंसिरमा बजार महँगी वार्षिक विन्दुगत आधारमा अधिकतम ७.८ प्रतिशतमाथि पुगेकोमा पुसमा ५.६५ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले एक महिनामा उपभोक्ता मुद्रास्फीति (बजार महँगी) २.१५ प्रतिशतले घटेको जनाएको हो ।बैंकका अनुसार २०७८ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय प