नेपाल राष्ट्र बैंकको रिपोर्ट : बजार महँगी बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा बजार महँगी ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ४.२४ प्रतिशत रहेको बैंकले बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बैंकले जनाएको छ ।२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु,