बजार महँगी बढ्यो

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी केही बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बिहीबार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको बैंकल

सम्बन्धित सामग्री

रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति बढ्यो, व्यापारघाटा घट्यो

काठमाडौँ । कोरोना महामारीका कारण समस्यामा गएको देशको अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अर्थतन्त्रका सबैजसो सूचक सुधारोन्मुख अवस्थामा देखिएका हुन् । आर्थिक वर्षको सुरूवातदेखि समस्यामा देखिएका अर्थतन्त्रका

अझै शेयरको मूल्य घट्छ, बजार मूल्य र ब्याजदर बढ्छ : सभापति शाह

सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अझै शेयरको मूल्य घट्ने बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले  अझै शेयरको मूल्य घट्ने बताएका हुन्।उनले अझै शेयरको मूल्य घट्ने, अझै बजार मूल्य र  ,ब्याजदर बढ्दै जाने बताए। उनले बाह्य कारणले अर्थतन्त्रमा समस्या आएको बताए। शाहले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताए  । उनले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएकाm् अफठ्यारो परिस्थिति रहेको बताए । सभापति शाहले अहिलेको यो परिस्थिति नेपालको मात्रै नभएको बताए  । उनले कोरोना महामारीको बेला अमेरिकाले जथाभावि डलर छापेर बजारमा पठाएकाले विश्वभर समस्या भएको बताए । उनले भने ' वर्तमान परिस्थितीमा अर्थतन्त्र जटिल मोडमा छौं । अहिले अत्यन्तै बढी आयात भइरहको छ । विदेशी मुद्रा साढे ६ महिनालाई मात्रै छ । घरजग्गा,शेयरको मूल्य घटेको छ । बैंकको ब्याज बढेको छ । चारै तिरबाट हामीलाई अफठ्यारो परेको छ । हामी सबैले आफ्नो जिम्मेवारी पालना गर्नुपर्छ । यो जटिल परिस्थिति नेपालको मात्रै होइन संसारको हो । यो जटिल परिस्थितिलाई हामी मिलेर सामना गर्नुपर्छ । हरेक नागरिकले आफ्नो जिम्मेवारी लिएर देशलाई बचाउनु पर्छ । हाम्रो देशमा अफ्ठ्यारो परेर श्रीलंका जस्तो अवस्था भोग्नुपरो भने सबैलाई राम्रो हुँदैन । यो अमेरिकाबाट आएको हो । यो युक्रेन र रसिया युद्धले होइन । अमेरिकामा कोभिड भएको समयमा मनपरि डलर छाप्यो । सबैलाई पैसा दियो । धेरै पैसा बजारमा फाल्यो । उनीहरुले पैसा पाए कोहीले शेयरमा लगानी गरे,भारत लगायतका देशमा शेयरमा लगानी गरे । नेपालमा पनि गरे । कोरोनापछि अत्यन्त महँगी बढ्यो । बैंकहरुले बजारबाट पैसा तान्नको लागि ब्याज बढाए । यसरी सबै समस्या आएको हो । यसका सरकारले राम्रोसँग ध्यान दिनुपर्छ नत्र अफठ्यारो पर्छ । अझै शेयरको मूल्य घट्छ, अझै बजार मूल्य ,ब्याजदर बढ्दै जान्छ । यी सबै व्यवस्थापन नगर्न सक्नुपर्छ । अहिलेको विश्म परिस्थितीबाट देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो । फजुल खर्च गर्न सक्नुपर्छ ।’शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताए । उनले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको बताए । सभापति शाहले अब लेखापरीक्षक कार्यालयले जहाँ अर्बौंका ठेक्का र खर्बांैं कारोबार भएर बढी जोखिम भएका तथा बढी भ्रष्टाचार हुने युनिटहरुमा मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले  अब लेखा परीक्षणमा २० वर्ष देखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको बताए । उनले भने,‘महालेखा परिक्षकलाई ठूलो जिम्मेवारी छ । हाम्रा ऐन कानूनमा केही परिर्वतन गर्नु पर्नेछ । हाम्रो ऐनले सबै युनिटलाई लेखारीक्षण गर्नु भन्छ । ६ हजार युनिटलाई लेखापरीक्षण गर्नुपर्छ । यो महालेखापरीक्षक कार्यालयले गर्नै सक्दैन । त्यस कारण उहाँहरुलाई जोखिममा आधारित लेखा परीक्षण गर्दा हुन्छ । संसारभरी जोखिममा आधारित मात्रै लेखापरीक्षण हुन्छ । भारतमा ७ सय युनिट भन्दा बढी गर्दैन । अमेरिकामा ५ सय भन्दा बढी गर्दैन । हामी हजार देखि १० हजार युनिटमा गर्छौं । जसमा हाम्रो परिणाम के हुन्छ ।त्यसकारण हाम्रो जोखिममा आधारित लेखापरीक्षण गर्ने हो । जहाँ अर्ब–अर्बको कारोबार छ त्यही हेर्ने हो । कर्मचारीले ५ सय रुपैयाँमा लिएको हेर्नु कुनै अर्थ छैन। हामीले हेर्ने भनेको अर्बौंका ठेक्का खर्बांैं कारोबार अन्य कारोबार छन् त्यहा बढी जोखिम छ । त्यहाँ नै भढी भ्रष्टाचार हुन्छ । हेर्ने त्यही हो । अब जोखिममा आधारित मात्रै लेखापरीक्षण गर्ने हो । अरुलाई महालेखाको प्रतिवेदन अनुसार गर्नु भनेर लेखिदिने हो । २० वर्ष देखिको कमप्युटर, ल्याप्टप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी छैन । त्यसले हामीलाई कँही पु¥याउँदैन ।’

बढ्यो बजार भाउ

चालू आर्थिक वर्षमा महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । सरकारले बजेटमा ७ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको महँगी पछिल्लो समय रुस–युक्रेनको युद्धलगायत कारणले बढ्न थालेको हो ।०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार […]

नेपाल राष्ट्र बैंकको रिपोर्ट : बजार महँगी बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा बजार महँगी ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ४.२४ प्रतिशत रहेको बैंकले बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बैंकले जनाएको छ ।२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु,

विश्व शेयर बजार ओर्लियो

कात्तिक १, मिलान (इटली) । विश्व शेयर बजार सोमवार ओरालो लागेको छ । गत त्रैमासमा चीनको अर्थतन्त्र अपेक्षा गरिएको भन्दा सुस्त गतिमा बढेको तथ्यांक सार्वजनिक भएपछि शेयर बजार ओरालो लागेको हो । विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिले महँगी बढाउने चिन्ता बीच पनि शेयर बजार दबाबमा आएको हो ।  गएको शुक्रवार चीनका राष्ट्रपति सि चिनफिङले सम्पत्तिमा अन्तर कम गर्न बुहप्रतिक्षित सम्पत्ति करलाई अगाडि बढाउने बताउँदा पनि लगानीकर्ताको मनोबल घटेको हो । विश्वको शेयर मापन गर्ने बृहत परिसूचक एमएससीआई शून्य दशमलव २ प्रतिशतले ओरोलो लागेको थियो ।  जापानमा निक्केई २२५ परिसूचक शून्य दशमलव १५ प्रतिशतले घटेको थियो । दक्षिण कोरियामा कोस्पी परिसूचकमा शून्य दशमलव २८ प्रतिशतको कमी आएको थियो । चीनमा साङ्हाई कम्पोजिट शून्यदशमलव १२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ भने शून्यदशमलव ३१ प्रतिशतले बढ्यो ।  सिंगापुरमा सेट कम्पोजिट शून्यदशमलव ३४ प्रतिशतले बढ्दा इन्डोनेशियामा जर्कार्ता कम्पोजिट पनि बढेको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मन शेयर बजार शून्य दशमलव ५ प्रतिशतले देखि शून्य दशमलव ९९ प्रतिशतसम्म घटेका थिए । एजेन्सी

बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा किलोकै २०० बढ्यो

काठमाडौं : यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ ...