बढ्यो बजार भाउ

चालू आर्थिक वर्षमा महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । सरकारले बजेटमा ७ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको महँगी पछिल्लो समय रुस–युक्रेनको युद्धलगायत कारणले बढ्न थालेको हो ।०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार […]

सम्बन्धित सामग्री

एक वर्षमा १० देखि ५० सम्म बढ्यो बजार भाउ

काठमाडौं : दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ। पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको बताए।संघका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रूपैयाँ रहेको गहुँको आँटा बढेर ९

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । बढेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २३० रुपैयाँ पुगेको छ । गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं, २१ पुस । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ […]