नेपाल राष्ट्र बैंकले गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत मात्र रहेको जनाएको छ । आर्थिक वर्ष मौद्रिक नीति मार्फत बैंकले औसत मुद्रास्फीति ६.५ प्रतिशत रहने प्रक्षेपण गरेपनि वर्षको अन्तसम्ममा ८.०८ प्रतिशतसम्म पुगेको हो ।यद्यपि, आन्तरिक तथा बाह्य कारण यस्तो मुद्रास्फीति १८ प्रतिशतमाथि पुगिसकेको निजी क्षेत्रहरुले बताइरहेका छन् । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले