बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ

जुम्ला । कर्णाली राजमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका–७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् । नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुप¥यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन । गत वर्ष […] The post बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

झापामा सुपारी खेतीको लहर, दुई महिनामै बिक्री भयो एक करोड ८० लाखका बिरुवा

१९ साउन, झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान सङ्घ …

ओखरका बिरुवा बेचेरै करोडौं भित्र्याउँछ जुम्ला

पातारासी–७ घोडासैनका सिंह कठायतले यस वर्ष दाँते ओखरका १२ हजारभन्दा बढी बिरुवा बेचे । प्रतिबिरुवा ४ सय रुपैयाँका दरले बेच्दा उनले एकै पटक झण्डै ४८ लाख रुपैयाँ आम्दानी गरे । जिल्लामा सबैभन्दा बढी ओखर बिरुवा बेच्ने किसान सिंह कठायत नै रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

पोखरामा मागभन्दा बढी सयपत्री, बिक्री नभएपछि व्यवसायी चिन्तित

पोखरा- तिहारका लागि आवश्यक सयपत्री फूल उत्पादनका लागि पोखरा महानगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ लगानी गर्यो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरले ५० प्रतिशत अनुदानमा कृषकलाई फूलका बिरुवा उपलब्ध गराएको थियो । जसमा १ सय ५४ कृषकलाई पाँच लाख बराबरको सयपत्री फूलको बिरुवा अनुद...

चालीस रोपनीमा अनार खेती

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाइ आफ्नै १५ लाख रुपैयाँको लगानीमा अनार खेती सुरु गर्नुभएको हो । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान कृषक आचार्यले गर्नुभएको छ । अघिल्लो वर्ष १० लाख रुपैयाँको अनार उत्पादन भएकामा यस वर्ष १५ लाख रुपैयाँको उत्पाद...

साँघुरा फुटपाथमा वृक्षरोपण, १२० बिरुवा रोप्न ४ लाख

काठमाडौं महानगरपालिका–७ स्थित धोबीखेला किनारमा काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालिन ‘इकोसिस्टम इकोसिस्टम बेस्ट एडाप्टेसन’ परियोजनाले ४ लाख रुपैयाँ खर्च गरेर १ सय २० वटा बिरुवा रोप्यो ।

सुन्तला बेचेर दोसल्लेका किसानले भित्र्याए ५० लाख रुपैयाँ

माघ ५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला विक्रीबाट यसवर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला विक्रीबाट यस वर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रू. ८० का दरले सुन्तला खरीद गरेका हुन् ।  दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रू. पचास लाख गाउँमा भित्रिएको जानकारी दिए ।  ‘गतवर्ष रू. २५ लाख बराबरको सुन्तला विक्री भएको थियो’, उनले भने ‘नयाँ बिरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।’ विगतका वर्ष मंसिर महीनामै सुन्तला विक्री गरिसकेका हुन्थ्ये । यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।  एक जना किसानले रू. तीस हजारदेखि रू. दुई लाख तीस हजारसम्मको सुन्तला विक्री गरेका समूहले जानकारी दिएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।  ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तला खेती भएको छ । १५ हजार बोटमध्ये करीब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए ।  वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रू. ५० हजार भन्दा बढी आम्दानी भएको उनले बताए । सडक यातायातको सुविधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।  १० वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान शुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।  दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए ।  बेमौसममा सुन्तला विक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो ।  दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए । रासस

कृषकलाई तरकारीका ६ हजार बिरुवा वितरण

पर्वत । पर्वतको फलेवास नगरपालिकाले किसानलाई तरकारीका ६ हजार बिरुवा वितरण गरेको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडामा रहेका कृषकलाई तरकारीको बीउ वितरण गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले विगत ३ वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम ‘क्लिन फलेवास ग्रीन फलेवास’ अभियान अन्तर्गत एक घर एक बगैंचा कार्यक्रम र क्लिन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए । नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मुला, सलगम, पालुंगो, गाजर, धनियाँ लगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले यस वर्ष क्लिन हाउस ग्रीन हाउस कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेटवाट बीउ वितरण गरिएको उनको भनाइ छ । ‘नगरपालिकाकाभरिका करिब ६ हजार घरधुरीमा प्रतिघरधुरी ७० रुपैयाँ बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ,’ उनले भने, ‘कृषकले मौसम अनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।’ यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आर्थिक वर्ष २०७६/७७ मा फलेवासका नगरका ११ ओटै वडामा करीब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका लागि तरकारी उत्पादन वृद्धि गर्न छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देवीस्थानका अगुवा कृषक देवीप्रसाद भुसालले बताए । तरकारीको बीउ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फार्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ ल्याएर किसानलाई वितरण गरिएको उनको भनाइ छ । कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यसअघि निःशुल्क रूपमा फलफूलका बिरुवा समेत वितरण गरेको थियो । यस्तै बाँझो जमीनमा खेती गर्नेलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसम अनुसारका फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

बाढीले मौरीघार र चिउरीका बिरुवा बगाउँदा ६ लाखको क्षति

चितवन (अस) । चितवनको राप्तीमा रहेको मौरीपालन विकास कार्यक्रमको मौरी तथा चिउरीको बिरुवामा बाढीले क्षति पु¥याएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीले राप्ती नगरपालिका–६ हर्दीस्थित कार्यालयमा रहेको मौरी र चिउरीमा क्षति पु¥याउँदा करिब ६ लाख बराबरको नोक्सान भएको कार्यालय निमित्त प्रमुख बाबुराम पन्तले जानकारी दिए । पन्तका अनुसार किम्बु नर्सरी व्यवस्थापन केन्द्रको पर्खाल भत्किएर बाढी मौरी विकास कार्यालयमा पसेको थियो । त्यस क्रममा मौरीको गोलासहित ३० घारमा पूर्ण क्षति  पुग्नुका साथै २० घारमा आंशिक क्षति भएको निमित्त प्रमुख पन्तले बताए  । कार्यालयका अनुसार १० हजार बोट चिउरीका बिरुवा पुरिनुका साथै बाढीले बगाएको छ । बाढीले  किसानलाई वितरणका लागि राखिएको बिरुवा बगाएको हो । करिब  ६ लाख रुपैयाँ बराबरको मौरी र बिरुवामा क्षति भएको उनले बताए । मौरीपालन व्यवसायलाई व्यावसायिकीकरण गर्न मौरीपालन विकास कार्यक्रमले किसानलाई मौरी घार, मौरी, रानो, चिउरीका विरुवा वितरण तथा तालिम दिँदै आएको छ ।

महायज्ञबाट करिब २ करोड संकलन

बिरुवा गाउँपालिका–८ स्थित भुरुङ चौकी माध्यमिक विद्यालयमा भएको आठ दिने महायज्ञबाट एक करोड ८८ लाख रुपैयाँ संकलन भएको छ ।