चितवन (अस) । चितवनको राप्तीमा रहेको मौरीपालन विकास कार्यक्रमको मौरी तथा चिउरीको बिरुवामा बाढीले क्षति पु¥याएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीले राप्ती नगरपालिका–६ हर्दीस्थित कार्यालयमा रहेको मौरी र चिउरीमा क्षति पु¥याउँदा करिब ६ लाख बराबरको नोक्सान भएको कार्यालय निमित्त प्रमुख बाबुराम पन्तले जानकारी दिए । पन्तका अनुसार किम्बु नर्सरी व्यवस्थापन केन्द्रको पर्खाल भत्किएर बाढी मौरी विकास कार्यालयमा पसेको थियो । त्यस क्रममा मौरीको गोलासहित ३० घारमा पूर्ण क्षति पुग्नुका साथै २० घारमा आंशिक क्षति भएको निमित्त प्रमुख पन्तले बताए । कार्यालयका अनुसार १० हजार बोट चिउरीका बिरुवा पुरिनुका साथै बाढीले बगाएको छ । बाढीले किसानलाई वितरणका लागि राखिएको बिरुवा बगाएको हो ।
करिब ६ लाख रुपैयाँ बराबरको मौरी र बिरुवामा क्षति भएको उनले बताए । मौरीपालन व्यवसायलाई व्यावसायिकीकरण गर्न मौरीपालन विकास कार्यक्रमले किसानलाई मौरी घार, मौरी, रानो, चिउरीका विरुवा वितरण तथा तालिम दिँदै आएको छ ।