पोखरा- तिहारका लागि आवश्यक सयपत्री फूल उत्पादनका लागि पोखरा महानगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ लगानी गर्यो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरले ५० प्रतिशत अनुदानमा कृषकलाई फूलका बिरुवा उपलब्ध गराएको थियो । जसमा १ सय ५४ कृषकलाई पाँच लाख बराबरको सयपत्री फूलको बिरुवा अनुद...