महायज्ञबाट करिब २ करोड संकलन

बिरुवा गाउँपालिका–८ स्थित भुरुङ चौकी माध्यमिक विद्यालयमा भएको आठ दिने महायज्ञबाट एक करोड ८८ लाख रुपैयाँ संकलन भएको छ ।

सम्बन्धित सामग्री

सम्भावित जोखिम शीर्षकमा रकम नछुट्याएको सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३२ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम छुट्याएन, जसको सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा परेको हो । साथै कम्पनीको खराब कर्जा संकलनसमेत अघिल्लो वर्षभन्दा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष २१ लाख ६० हजार रुपैयाँ मात्र खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा गत वर्ष ४२ प्रतिशत बढी अर्थात् १ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी अर्थात् ३० करोड ३३ लाख रुपैयाँ  छ । कम्पनीले अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशत बढी अर्थात् १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा करीब ७ प्रतिशत घटेर १ दशमलव ८३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ५६ प्रतिशत रहेको थियो । वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

आन्तरिक राजस्व कार्यालयको कर असुली लक्ष्यभन्दा २८ प्रतिशत कम

चितवन । चालु आर्थिक वर्ष ०७९/८० को वैशाखमा आन्तरिक राजस्व कार्यालय, भरतपुरको कर असुली लक्ष्यभन्दा करिब २८ प्रतिशत कम भएको छ । कार्यालयका अनुसार वैशाखमा विभागले कार्यालयलाई २ अर्ब ६५ करोड ६८ लाख १८ हजार लक्ष्य दिएकोमा १ अर्ब ९२ करोड ३५ लाख ५ हजार रुपैयाँ राजस्व असुली भएको हो । यो लक्ष्यभन्दा करिब २७ दशमलब ६० प्रतिशत कम हो ।  कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कबाट कर असुली गर्दै आएको छ ।  सबैभन्दा बढी कर असुली अन्तःशुल्कबाट  वैशाखमा कार्यालयले यी सबै शीर्षकमध्ये सबैभन्दा बढी अन्तःशुल्ककबाट कर असुली गरेको छ । जसअनुसार यो शीर्षकबाट १ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागले यो शीर्षकको लागि वैशाखमा २ अर्ब २५ करोड ९८ लाख ५० हजारको लक्ष्य दिएको थियो । यस्तै आयकरमा १५ करोड १० लाख १४ हजार लक्ष्य दिएकोमा १७ करोड ७२ लाख ६४ हजार रुपैयाँ, बहालकरमा ४२ लाख १ हजार लक्ष्य दिएकोमा २७ लाख १ हजार असुली र ब्याजकरमा २ करोड ३३ लाख १३ हजार लक्ष्य दिएकोमा १ करोड १३ लाख ९० हजार असुली गरेको छ ।  यसैगरी, मूल्य अभिवृद्धि करमा २१ करोड ६४ लाख ५७ हजार लक्ष्य दिएकोमा १५ करोड ८ लाख ४१ हजार रुपैयाँ राजस्व असुली, स्वास्थ्य सेवा करमा १९ लाख ८३ हजार लक्ष्य दिएकोमा १९ लाख ६८ हजार रुपैयाँ असुली भएको छ । यसैगरी शिक्षा सेवा करमा वैशाखमा कुनै पनि कर असुली भएको छैन । यो शीर्षकमा विभागले कुनै लक्ष्य पनि दिएको छैन ।  कार्यालयका सूचना अधिकारी विष्णुबहादुर रावतले देशमा सबै क्षेत्रमा आर्थिक मन्दी भएकोले लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको जानकारी दिए । ‘यो कार्यालय अधिकांश रूपमा अन्तःशुल्कमा निर्भर छ,’ उनले भने, ‘अहिले मदिराजन्य वस्तुको निकासी पनि कम हुन्छ, माग पनि कम छ ।’  विभागले दिएको लक्ष्य अनुसार कर असुली गर्न नसकिए पनि कार्यालयले आयव्यय विवरण नबुझाउने कम्पनीहरूमा निगरानी र निरन्तर सम्पर्क गरिरहेको उनले बताए । लक्ष्य अनुसार कर असुली हुन घरजग्गा कारोबार, पर्यटन, गाडीहरू लगायतको कारोबारमा वृद्धि हुनुपर्ने उनको भनाइ छ ।  चालु आवको लागि विभागले कार्यालयलाई २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैयाँ कर असुलीको लक्ष्य दिएको छ । हालसम्म कार्यालयले १५ अर्ब ६५ करोड ६८ लाख २ हजार रुपैयाँ संकलन गरेको छ ।

सिवाईसी नेपाल लघुवित्तको नाफा करीब ५७ % घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले रू. २ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको हो ।  खराब कर्जा संकलन पनि गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष रू. २ करोड ८० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब कर्जा संकलन गर्न सकेको छैन् । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ३९ दशमलव २८ प्रतिशत कम रू. ३ करोड ९० लाख भएको छ । हाल कम्पनीको चुक्तापूँँजी रू. १२ करोड १६ लाख ४१ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ७४ लाखभन्दा बढी छ । कम्पनीले दोस्रो त्रैमासम्म रू. १ अर्ब ७७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको निक्षेप करीब ४२ प्रतिशत र कर्जा प्रवाह करिब ४५ प्रतिशत बढी भएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ५७ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३३३ दशमलव ४३ छ ।

करिब ८ करोडको कारोबार गर्ने सट्टेबाज एजेन्ट पक्राउ

काठमाडौं : फिफा विश्वकप लगायत अन्तरराष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट एपमार्फत सट्टाबाजी गराउने एजेन्ट पक्राउ परेका छन्।सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने काममा सक्रिय लमजुङ सुन्दरबजार घर भइ हाल टोखा बसेका २६ वर्षका सुजन गौली पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो कमलपोखरीबाट पक्राउ गरी गौलीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।प्रहरीका अनुसार हालसम्म उनले इसेवा, आइएमइ पे र खल्ती एपबाट २ करोड ३६ लाख ३३ हजार १

पार्टी कार्यालय आइसोलेसनलाई दिने

कांग्रेसले नवनिर्मित जिल्ला पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि अस्पतालका रूपमा प्रयोग गर्न दिने भएको छ । कार्यकर्ताबाट चन्दा संकलन गरी करिब साढे २ करोड रुपैयाँको लागतमा बनेको उक्त भवनमा एक सय बेडसम्मको अस्पताल सञ्चालन गर्न मिल्छ ।

सवारी साधन कारवाहीबाट दुई करोड संकलन

दाङ-ट्राफिक नियम उल्लंघन गरी चलाउने चालकलाई कारबाही गर्दा प्रहरीले ८ महिनाको अवधिमा करिब साढे २ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष साउनदेखि फागुनसम्म ट्राफिक नियम विपरीत चल्ने ४१ हजार ५० वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ४७ लाख ४० हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

पोखरा महानगरको राहत कोषमा पौने ४ करोड

पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा हालसम्म करिब ३ करोड ७८ लाख ३५ हजार ३ हजार ९१ रुपैयाँ जम्मा भएको छ । कोभिड–१९ न्यूनीकरण तथा प्रभावितलाई राहत प्रदान गर्न महानगरले २ करोड जम्मा गरेर सो कोष स्थापना गरेको थियो । कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्फबाट ४८ लाख ५० हजार रुपैयाँ, प्रदेश सरकारको १ करोड रुपैयाँ र विभिन्न सार्वजनिक तथा निजी संघ–संस्था, व्यक्तिलगायतबाट गरी आजसम्म सो रकम संकलन भएको र रकम आउने क्रम जारी रहेको महानगर प्रमुख मानबहादुर जिसीले बताए । त्यसैगरी ३ लाख रुपैयाँबराबरको खाद्यान्न पनि सहयोगस्वरुप प्राप्त भएको महानगरले जनाएको छ ।