मकवानपुर – बाग्मगी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि झन्डै ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना नयाँ थप गरेको छैन । धेरैजसो पुरानै आयोजनामा जोड दिइएको छ । वन तथा वातावरण मन्त्रालयलाई तीन अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।बजेट प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले वनजङ्गल विस्तार, सिमसार क्षेत्रको संरक्षणम...