लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते विरुद्ध कार्यक्रम गर्ने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते जारी भएको संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्लास्थित पार्टीलाई सर्कुलर जारी गरेका हुन् । संविधानमा आफ्ना असहमति राखेर लोसपाले सङ्घर्ष गर्दै आइरहेको छ । सङ्घर्षको क्रममा कैयौँले सहादत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आएको बताएका छन् ।असोज ३