जगदीश ढकाल, नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चा बाँकेले ‘प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा’लगायतका विषयमा गरेको विरोध कार्यक्रम आज पनि जिल्लाका विभिन्न स्थानमा सम्पन्न गरेको छ ।
साताव्यापी सञ्चालन गरेको विरोध कार्यक्रम अन्तरगत दोस्रो दिन बिहिबार राप्ती सोनारी गाउँपालिकाको अघैया बजारमा कोणसभा सम्पन्न भएको हो । विरोध सभामा सम्बोधन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले ओलि सरकारले गरेको संसद विघटनको कदम अलोकतान्त्रिक,अधिनायकवादी र प्रतिगमनकारी भएको बताउनु हुँदै संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै, राजमोका पूर्व सांसद हरि आचार्य ,राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल,अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्का , अखिल (छैठौं) बाँकेका अध्यक्ष नमराज चन्द लगाएतको उपस्थिति रहेको थियो । राजमो बाँकेका सदस्य राजु चौधरीले सञ्चालन गर्नु भएको थियोे । बुधबार राप्तीसोनारीकै कुसुम बजारमा बिरोधासभा गरी सुरु गरिएको राजमो बाँकेले जनाएको छ ।
यो पनिः
संसद विघटन गरेर मन्त्रिमण्डल विस्तार गर्नु अधिनायकवादी शैली : आचार्य