काठमाडौँ । सरकारको फासिवादी शैलीका विरुद्ध राष्ट्रिय जनमोर्चाले माघ २६ गते सोमबार देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ ।
बैतडीकी भागरथी भट्टको बलात्कारपछि गरिएको हत्याका विरुद्ध आज माघ २५ गते अखिल (छैठौँ) ले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेपछि त्यसको विरोधमा राजमोले सो कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।
देशव्यापी उपर्युक्त विरोध कार्यक्रमलाई सफल पार्न अपिल गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले भएको हत्याको विषयलाई लिएर अनेरास्ववियु (छैठौँ) ले आज देशव्यापी रूपमा आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले फासिवादी शैलीबाट गरेको गिरफ्तारीको हामीले विरोध र भत्र्सना गर्दछौँ ।
यसै विषयलाई लिएर राष्ट्रिय जनमोर्चाले भोलि २०७७ माघ २६ गते देशव्यापी रूपमा विरोधको कार्यक्रमको आयोजना गरिएको छ । सम्पूर्ण पार्टी समिति, भाइचारा सङ्गठन, कार्यकर्ता, समर्थक, शुभचिन्तकलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई उक्त विरोध कार्यक्रम सफल पार्न हामीले हार्दिक अपिल गर्दछौँ ।”