प्रधानन्याधीशविरुद्ध आज पनि विरोध कार्यक्रम जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा कानुन व्यवसायीहरु आज पनि धर्नामा बसेका छन्। 

सम्बन्धित सामग्री

खबरदारीका थप विरोध कार्यक्रम गर्न शेखर पक्षको बैठक जारी

१० असोज,  काठमाडौं ।नेपाली कांग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको […]

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

लोसपाले संविधान दिवसका दिन विरोध कार्यक्रम गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते विरुद्ध कार्यक्रम गर्ने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते जारी भएको संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्लास्थित पार्टीलाई सर्कुलर जारी गरेका हुन् । संविधानमा आफ्ना असहमति राखेर लोसपाले सङ्घर्ष गर्दै आइरहेको छ । सङ्घर्षको क्रममा कैयौँले सहादत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आएको बताएका छन् ।असोज ३

संसदमा हाम्रो विरोध जारी रहन्छ, तर माइकले कसैलाई नहान्नू है: ओली

काठमाडौँ- नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक सुरु हुनुअघि संसदीय दल बैठकमा सहभागी हुँदै विरोध कार्यक्रम जारी रहने बताएका छन्। उनले संसदको अग्रभागमा आइतबार पनि प्रदर्शन राख्ने तर त्यहाँ पनि उभिन नदिने हो भने बाहिर नै निस्केर नाराबाजी गर्नुको विकल्प नरहेको बताए। अध्यक्ष ओलीले संसदमा व्यक्तिगत सुरोपना नदेखाउन पनि आफ्ना सांसदहरुसँग आग्रह गरे। ‘सभामुखलाई […]

सरकारको फासिवादी शैलीका विरुद्ध माघ २६ गते सोमबार देशव्यापी विरोध कार्यक्रम

काठमाडौँ । सरकारको फासिवादी शैलीका विरुद्ध राष्ट्रिय जनमोर्चाले माघ २६ गते सोमबार देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि गरिएको हत्याका विरुद्ध आज माघ २५ गते अखिल (छैठौँ) ले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेपछि त्यसको विरोधमा राजमोले सो कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ । देशव्यापी उपर्युक्त विरोध कार्यक्रमलाई सफल पार्न अपिल गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले भएको हत्याको विषयलाई लिएर अनेरास्ववियु (छैठौँ) ले आज देशव्यापी रूपमा आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले फासिवादी शैलीबाट गरेको गिरफ्तारीको हामीले विरोध र भत्र्सना गर्दछौँ । यसै विषयलाई लिएर राष्ट्रिय जनमोर्चाले भोलि २०७७ माघ २६ गते देशव्यापी रूपमा विरोधको कार्यक्रमको आयोजना गरिएको छ । सम्पूर्ण पार्टी समिति, भाइचारा सङ्गठन, कार्यकर्ता, समर्थक, शुभचिन्तकलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई उक्त विरोध कार्यक्रम सफल पार्न हामीले हार्दिक अपिल गर्दछौँ ।”

प्रतिनिधि सभा विघटनविरुद्ध भूमिकास्थानका टोल टोलमा विरोध

टेकराज भुसाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समितिले संसद विघटनको विरुद्धमा नगरव्यापी विरोध कार्यक्रम जारी राखेको छ । अखिल नेपाल किसान महासंघ (अप्पा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल टेड युनियन (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द पोख्रेल लगायतको विशेष उपस्थितिमा भूमिकास्थान नगरपालिकाका १,२,३,४,५,६ र ९ नम्बर वडाका विभिन्न टोलमा कार्यक्रम सम्पन्न भएको छ भने अन्य वडाका टोलमा जारी रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । माघ १५ गते जिल्लाको सदरमुकाम सन्धिखर्कमा युवक मोर्चाले आयोजना गरेको मोटर साइकल र्याली र माघ ३० गते राष्ट्रिय जनमोर्चाले सन्धिखर्कमा आयोजना गरेको बृहत् जन–प्रदर्शनमा उपस्थित हुन राष्ट्रिय जनमोर्चाले सबैसँग आग्रह समेत गरेको छ ।

माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। 'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो। ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…