सिमकोट – नेकपा समाजवादी हुम्लाले फरक शैलीमा विरोधको कार्यक्रम आयोजना गरेको छ। वर्षांैसम्म गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी नबस्ने कार्यका विरुद्ध उक्त पार्टीले सातो (आत्मा) बोलाएर विरोध कार्यक्रम गरेको हो। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो बिराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको सातो (आत्मा) बोलाइएको हो। स्थानीय तहले विकास नगरेको भन्दै नेकपा (एकीकृत समाजवादी) अदानचुली गाउँ […]