प्युठान । राष्ट्रिय जनमोर्चाको झिमरूक गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला शुक्रबार सम्पन्न भएको छ । राजमोका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीको प्रमुख आतिथ्यतामा प्रशिक्षण भेला भएको हो ।
कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, कर्मचारी संगठनका जिल्ला संयोजक यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव डम्बर जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, ५ नं वडा अध्यक्ष टिका जिसी, नेकपा (मसाल) रूपन्देही जिल्ला प्रवक्ता नारायण जिसीले समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
राजमो झिमरूकका अध्यक्ष सिद्दिमान जिसीको अध्यक्षता, शकुन्तला जिसीको स्वागत तथा विनोद विकको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वर्गीय नेता कृष्णप्रसाद पोख्रेल प्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो ।
त्यस्तै, प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनबहादुर केसी, जातीय समता समाजका जिल्ला सदस्य दिलीप विक, ४ नम्बर वडाका अध्यक्ष सिताराम पोख्रेल, ६ का अध्यक्ष निमानसिंह जिसी, अखिल नेपाल युवक संघ झिमरूकका अध्यक्ष भरत ढकाल, महिला नेतृ तुलसा केसी, किसान झिमरूक उपाध्यक्ष ठाकुर गिरी, शिक्षक संघका झिमरूक अध्यक्ष गोपाल गिरी, समता समाज झिमरूकका रेकम रसाइली, कर्मचारी संघ झिमरूक अध्यक्ष लिलामणी पोख्रेल, बयोवृदद्धय रेकम महतारा र ढुण्डिराज पोख्रेलको पनि आतिथ्यता रहेको थियो ।
सो भेलाले झिमरुकका सबै वडाहरुमा ‘प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा’लगायतका विषयमा विरोध कार्यक्रम गर्ने निर्णय समेत गरेको राजमोले जनाएको छ ।