भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा पैदा भएको छ । दक्षिण अफ्रिकाबाट दिल्ली हुँदै मुम्बई फर्किएको डोम्बिवलीका एक युवकमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रशासनले युवकलाई आइसोलेट गर्दै उनको स्याम्पल जिनोम सिक्वेन्सिङका लागि पठाइदिएको छ ।संक्रमित युवक दक्षिण अफ्रिकाबाट २४ नोभेम्बरमा दिल्ली पुगेका थिए र त्यहाँबाट मुम्बई आएका थिए । कल्याण–डोम्बिवली म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य अधिकारी डा. प्रतिभा पाटिलले युवकको स्थिति पूर्ण रुपमा सामान्य भएको जानकारी दि