कैलालीको लम्की चुँहा नगरपालिका ‐९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा रोजगारीका क्रममा भारतको महाराष्ट्र आउने जाने गरिरहन्छन् ।
१२ वर्षको उमेरदेखि नै भारतको महाराष्ट्र राज्यको मुम्वईसंग जोडिएको ठाना जिल्लाकोे कल्याण महानगर टिटौला भन्ने ठाउँमा गएर उनले पानी वितरण कम्पनीमा काम गर्ने गरेको थिए । यसपटक महाराष्ट्रबाट फर्किन नपाएको एक वर्ष पुगेको थियो । त्यही क्रममा विश्वभर कोरोना भाइरसको आतंक फैलिएर रोगजारी गुमेपछि तीन दिन लगाएर चैत १० गते राति धनगढीको त्रिनगर नाका पुगेका थिए ।