कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी अगाडि उभिएर नेकपा ओली समूहको आमसभालाई सम्वोधन गर्दैछन् । सरकारले गर्न लागेको ‘रचनात्मक शक्ति प्रदर्शन’ को पूर्वसन्ध्यामा बिहीबार साँझ दरबारमार्गस्थित सडकका डिभाइडर एवं फलामका रेलिङहरु भत्काइएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रममा आफ्ना प्रतिद्वन्द्वीहरु, खासगरी प्रचण्ड र माधव नेपाललाई गाली गलौजमात्र गर्ने छन् या कुनै राजनीतिक […]