थुनामुक्त हुन सन्दीपले मान्नुपर्छ यी शर्तः पालना नभए थुनामै जाने, मोबाइल समेत निगरानीमा हुने [पूर्णपाठ]

काठमाडौंः अदालतले तोकेका शर्त पालना नभए तत्काल थुनामै जानेगरी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। जिल्ला अदालतको आदेश बदर गर्दै शर्तसहित उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहाको आदेश दिएको हो। तर, अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुनेछ।  लामिछानेलाई अदालतले स्थान हद…

सम्बन्धित सामग्री

कोलकातामा समातेर ल्याइएका पूर्वप्रहरी एक लाख धरौटीमा छुटे

१० फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको अभियुक्त वीरवल राय यादव थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंकी न्यायाधीश कमला पौडेलको इजलासले थुनुवा भगाएको कसूरमा पूर्वप्रहरी समेत रहेका यादवलाई मंगलबार एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो । अदालतको आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर उनी छुटिसकेको जिल्ला प्रहरी […]

नक्कली छोरा प्रकरण : सतराजविरुद्ध नागरिकता किर्ते कसूरमा अनुसन्धान सुरु

छोरा बनेर सम्पत्ति हत्याउन खोजेको अभियोगमा मुद्धा खेपिरहेका सतराज गुरुङविरुद्ध प्रहरीले नागरिकता किर्ते गरेको कसूरमा समेत अनुसन्धान थालेको छ । गुरुङविरुद्ध संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ ।उनलाई उच्च अदालत पाटनले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । तर प्रहरीले गुरुङलाई फेरि नियन्त्रणमा लिएर नागरिकता किर्ते कसूरमा अनुसन्धान थालेको हो ।

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दाका अभियुक्त चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो। सर्वोच्चले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन समेत आदेश दिएको छ।  शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष […]

थुनामुक्तको आदेशपछि अदालतमा देखिएका चार्ल्स शोभराज

काठमाडौं। ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चाल्र्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरु सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै केन्द्रीय कारागारमा रहेका उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ।

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौँ– १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । […]

म्यानमारले दुई हजार ३०० लाई थुनामुक्त गर्यो

अधिकारवादी संघ संगठनले मूल मुद्दाबाट ध्यान हटाउन प्रदर्शनको क्रममा पक्राउ परेकालाई मुक्त गरिएको दाबी गरेका छन् । क्योडो समाचारका अनुसार मुक्त गरिएकामा २४ जना चर्चित अनुहार समेत छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी २४ जना चर्चित ब्यक्तिमाथि मुद्दा नलगाउने निर्णय गरिएको छ । गत् फेब्रुअरी १ मा म्यानमारको आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन सत्ता हातमा लिएको थियो । बुधबारको प्रदर्शनको क्रममा पाँच हजार २१० जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका बालाजुबासीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएका

थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।      आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।” बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

आजबाट चंगा चेट

यही चलचित्रको प्रोपर्टीका रूपमा प्रयोग गरिएका नक्कली नोट बजारमा आउँदा चलचित्रका निर्माता माधव वाग्ले केही महिना थुनामा समेत परेका थिए । यद्यपि अहिले उनी थुनामुक्त भैसकेका छन् । वाग्लेसहित शर्मिला पाण्डेको समेत लगानी रहेको यो चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् ।

सर्वोच्चले भन्यो- शर्मा अन्य भ्रष्ट्राचार मुद्दाका अभियुक्त सरह होइनन्

अख्तियारले १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएका करफर्छ्यौट आयोगका सदस्यसचिव चूडामणि शर्मालाई थुनामुक्त गर्ने आदेशमा सर्वोच्च अदालतले शर्मा 'अन्य भ्रष्टाचार मुद्दाका अभियुक्त सरह नभएको’ भनेको छ। शर्मा पत्निले दायर गरेको रिटमाथि झण्डै महिनादिन सुनुवाई गरेपछि सर्वोच्चले शर्मासंग अख्तियारले मागेको धरौटी रकममा समेत प्रश्न उठाएको हो। शर्मासंग ३ अरब धरौटी मागेको थियो। धरौटी तिर्न नसकेपछि…