छोरा बनेर सम्पत्ति हत्याउन खोजेको अभियोगमा मुद्धा खेपिरहेका सतराज गुरुङविरुद्ध प्रहरीले नागरिकता किर्ते गरेको कसूरमा समेत अनुसन्धान थालेको छ । गुरुङविरुद्ध संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ ।उनलाई उच्च अदालत पाटनले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । तर प्रहरीले गुरुङलाई फेरि नियन्त्रणमा लिएर नागरिकता किर्ते कसूरमा अनुसन्धान थालेको हो ।