काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएका