अधिकारवादी संघ संगठनले मूल मुद्दाबाट ध्यान हटाउन प्रदर्शनको क्रममा पक्राउ परेकालाई मुक्त गरिएको दाबी गरेका छन् । क्योडो समाचारका अनुसार मुक्त गरिएकामा २४ जना चर्चित अनुहार समेत छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी २४ जना चर्चित ब्यक्तिमाथि मुद्दा नलगाउने निर्णय गरिएको छ ।
गत् फेब्रुअरी १ मा म्यानमारको आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन सत्ता हातमा लिएको थियो । बुधबारको प्रदर्शनको क्रममा पाँच हजार २१० जनालाई नियन्त्रणमा लिइएको छ ।