आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौँ– १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । […]