सर्वोच्चले भन्यो- शर्मा अन्य भ्रष्ट्राचार मुद्दाका अभियुक्त सरह होइनन्

अख्तियारले १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएका करफर्छ्यौट आयोगका सदस्यसचिव चूडामणि शर्मालाई थुनामुक्त गर्ने आदेशमा सर्वोच्च अदालतले शर्मा 'अन्य भ्रष्टाचार मुद्दाका अभियुक्त सरह नभएको’ भनेको छ। शर्मा पत्निले दायर गरेको रिटमाथि झण्डै महिनादिन सुनुवाई गरेपछि सर्वोच्चले शर्मासंग अख्तियारले मागेको धरौटी रकममा समेत प्रश्न उठाएको हो। शर्मासंग ३ अरब धरौटी मागेको थियो। धरौटी तिर्न नसकेपछि…

सम्बन्धित सामग्री

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ । यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ […]

त्रिभुवन जन माविका प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं  ।  अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध गैरकानुनी लाभ र हानी पुर्‍याएको भन्दै भष्ट्राचारसम्बन्धी आरोपपत्र दायर गरेको छ । उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी […]

डिल्लीबजार मालपोतका तत्कालिन उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

६ मंसिर, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । […]

नायब सुब्बाको आम्दानी डेढ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस […]

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौँ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई साउन […]

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

२ असोज, काठमाडौं । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले […]

अर्थ मन्त्रालयका शाखा अधिकृत विरुद्द डेढ करोडको भ्रष्ट्राचार मुद्दा

वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ ।स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड ६४ लाख ८९ हजार ७०० बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन । आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ । सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।