काठमाडौं । पौरत्स्य दर्शन, सभ्यता, संस्कृति र वाङ्मयका दृष्टिले नेपालीहरू वैभवशाली र गौरवशाली दुवै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन, लोकायत दर्शन, वेदान्त दर्शन लगायतका हाम्रा दार्शनिक वैभवहरू विश्व मानचित्रमा आजपर्यन्त उत्तिकै ख्यातिप्राप्त र महत्तम् प्रकृतिका छन् । सभ्यता र शक्तिको केन्द्र पूर्वबाट पश्चिमतर्फ स्थान्तरण हुनुपूर्व हाम्रो प्राच्यविद्याको सामर्थ्य र बहस घनिभूत थियो । […]