काठमाण्डाै - आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । तर, घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौ...