आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित सामग्री

आज देशभर पर्छ पानी

काठमाडौँ- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश लगायत […]

आज विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाण्डाै - विवाह पञ्चमी पर्व देशभर मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर म...

आज पनि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । धेरै […]

देशभर आज वर्षा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।  आज (सोमबार) बिहानैदेखि देशभर सामान्य तथा आंशिक बदली भईरहेको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि […]

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’बापत प्राप्त हुने १ सय ५० बिलियन अमेरिकी डलर (करिब १८ अर्ब […] The post आज देशभर सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज देशभर मौसम सफा रहने

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरूको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य […]

आज देशभर मध्यम वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती,  गण्डकी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ...

आज देशभर पानी पर्ने

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने छ भने बाँकी भागमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् […]