देशका अधिकांश स्थानमा हावाहुरी

राजधानीसहित देशका अधिकांश भूभागमा हावाहुरी चलेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको दक्षिणपश्चिमबाट वर्षा गराउने बादल विकसित  भएको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्नेक्रममा हावाहुरी चलेको बताइन् ।  उनका अनुसार सबै प्रदेशका अधिकांश स्थानमा हावाहुरी चलेको अनुमान गरिएको छ ।  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल बनेको बताउँदै उनले सोही बादल उत्तरपुर्वतिर सर्ने क्रममा हावाहुरी चलेको बताइन् ।&...

सम्बन्धित सामग्री

आज देशका यी स्थानमा पर्छ पानी

काठमाडौं- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

काठमाडौंसहित विभिन्न स्थानमा हावाहुरी र वर्षा

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, च

चार प्रदेशमा हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका केही स्थानमा चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ। भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव र स्थानीय वायुको प्रभावले  प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रह

देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको महाशाखाले […]

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं। आज काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश २ मा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ। आज देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी र चट्याङ पर्ने सम्भावना छ।

उपत्यका लगाएत पहाडी भू–भागमा हावाहुरी र चट्याङ गराउने बादल विकसित हुँदै

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका पहाडी भू–भागमा मेघगर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकासित भइरहेको मैसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधरणलाई भनेको छ। सुदुरपश्चिम, गण्डकी, बाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा मेगगर्जनसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजको मौसम : केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका केही स्थान र तराईका कही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना छ । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना

काठमाडौं । शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भा

प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी

२ वैशाख, काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिटी छोटो हुन्छण,’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर […]