काठमाडौंसहित मुलुकभरका अधिकांश भूभागमा हावाहुरी, केही दिन कायमै रहने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ। प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।