राजधानीमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन । आखिर यसरी एकाएक किन हावाहुरी चल्यो ? यो प्रश्न रातोपाटीले जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोध्दा उनले देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको बताइन् । उनले काठमाडौंसहित सबै प्रदे