जेठ ५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ्ग समयसम्म रहेको छ ।
उक्त कम्पनीले गत वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
जसमा आवेदकले आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको रू. ४०० र युनाइटेड इन्स्योरेन्सको रू. ३२१ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्नेछन् ।