प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, ७ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीका ल्याएको ५ लाख ४८ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने असार ८ (भोली) अन्तिम दिन हो । पहिलो पटक वितरण हुन नसकेको संस्थापक फेरी लिलामीमा ल्याएको हो । कम्पनीको अनुसार असार १६ गतेदेखि २५ गतेसम्म ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र […]

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म

वैशाख २५ काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो  । इच्छुक आवेदकले सोमवार बैंकिङ्ग समयसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।  कम्पनीले यसअघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   शेयरको मूल्य प्रतिकित्ता रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंगलवार

वैशाख १९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको २ हजार २६१ कित्ता संस्थापक शेयर र ८८ हजार ९३४ कित्तासर्वसाधारण शेयर वैशाख  १२ गतेदेखि लिलामीमा ल्याएको थियो । इच्छुक आवेदकले मंगलवार बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको  मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।   साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु,विर्तामोड झापा,हनुमानदास रोड विराटनगर मोरङ,जनकपुर धनुषा, आर्दशनगर वीरगञ्ज पर्सा, हेटौडा ,मकवानपुर, नारायणगढ,चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल, बागलुङ बजार,  बागलुङ, त्रिभुवन  चोक नेपालगञ्ज  बाँके, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी, कैलाली महेन्द्रनगर र कञ्चनपुरबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

चैत १४, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन ३० गते देखि लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले सोमवार अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण  कित्ताका लागि आवेदन दिन पाइनेछ । सोमवार ३ बजेसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार

चैत १३, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म रहेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन ३० गते देखि लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले सोमवार अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण  कित्ताका लागि आवेदन दिन पाइने छ। सोमवार ३ बजेसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

असोज १, काठमाडौं । सनराइज बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।  उक्त कम्पनीले इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर भदौ १८ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. ४२१ दशमलव ६३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने छन् ।  बैंकिङ समयसम्म प्राप्त भएको बोलपत्र आगामी असोज ४ गते बिहान ११ बजे सनराइज क्यापिटल लिमिटेड कमलपोखरीमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने पनि कम्पनीले बताएको छ ।

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार

साउन २१, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले साउन १४ गतेदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू.५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम ५०० सय कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त लिलामीमा शेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति ,कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार

साउन २०,काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले साउन १४ गतेदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संसथापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू.५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने पनि कम्पनीले बताएको छ ।  विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त लिलामीमा शेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी,संघसंस्थाहरुले साउन २२ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

असार २५, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (शुक्रवार) बैंकिङ समयसम्म रहेको छ । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार १६ गतेदेखि लिलामीमा ल्याएको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी सहित अन्य व्याक्ति, कम्पनी तथा संघ संस्थाले पनि आवेदन दिन सक्नेछन् ।  आवेदकले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आउने गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।

एशियन लाईफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

असार ९, काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाईफ इन्स्योरेन्सको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२८ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।   शेयर खरीद गर्दा आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  यो शेयर खरीदका लागि विद्यमान संस्पाकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेशनल लाइफको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिने

काठमाडौं, ९ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । बैंकले इन्स्योरेन्सको उक्त संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको थियो । आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय […]