आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार

जेठ १६, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर गत वैैशाख १४ गतेदेखि लिलामीमा ल्याएको हो ।  शेयर खरीदको लागि न्यूनतम मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । अधिकतमको लागि भने कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

फागुन ६, काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्सको संस्थापक समूह तर्फको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ । फाइनान्सले संस्थापक शेयरतर्फको २ लाख ३ हजार ५८० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता रू. १८५ को दरले बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । सो बोलपत्रमा फागुन ६ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिने छ । बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको बिक्री प्रबन्धक एन एम बि क्यापिटल लिमिटेड रहेको छ ।

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं, १६ जेठ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आइतवारदेखि लिलामीमा ल्याएको शेयरमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ४ सय ७७ रुपैयाँ निर्धारण गरिएको […]

आरएमडीसी लघुवित्तको ४ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर आजदेखि लिलामीमा

वैशाख ३०, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा आएको छ ।  कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपछि प्रतिकित्ता रू. ४१६ मूल्यमा लिलामीमा विक्री खुला गर्न लागेको हो ।  उक्त शेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर लिलामीमा

वैशाख १९, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर लिलामी विक्री खुला भएको छ । बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको उक्त शेयर वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा विक्री खुला भएको हो ।  यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएकाले बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयरको विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

दुई कम्पनीको शेयर आजबाट लिलामीमा विक्रि खुल्ला

काठमाडौं, १४ बैशाख । दुई कम्पनीको संस्थापक शेयर आजदेखि विक्रि खुल्ला हुने भएको छ । आजदेखि बैंक अफ काठमाडुको स्वामित्तमा रहेका आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला हुने भएका हुन् । बैंकले छिमेक लघुवित्तको २ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता शेयर विक्रि […]

तीन ओटा कम्पनीको संस्थापक शेयर वैशाख १६ गतेदेखि लिलामीमा आउँदै

वैशाख १०, काठमाडौं । वैशाख १६ गतेदेखि दुई ओटा लघुवित्त कम्पनी सहित तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आउने भएको छ ।  एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको कुल १ लाख १९ हजार ८३९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।  कुल कित्तामध्ये आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेको छ ।  यी शेयर खरीदका लागि इच्छुक योग्य लगानीकर्ताहरुले जेठ ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उल्लेखित शेयरमा बोलकबोल गर्नका लागि आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता रू. ३२१ तोकिएको छ ।  तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेको बोलकबोल मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाइ छ । यो शेयरमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । उक्त शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।